बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु
पाेखरा | चैत ११, २०८०
पोखरा: नेपालमा पहिलो पटक पर्यटन राजधानी पोखराको सुन्दर बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८० सुरु भएको छ ।
प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको छ । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विजेताले नगद रु २ लाख पुरस्कार हात पार्नेछ । यस्तै २ सय मिटर तर्फको विजेताले नगद रु।१ लाख पुरस्कार पाउने छ भने, उपविजेताहरुले पनि नगद पुरस्कार हात पार्नेछन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

